सिरहामा लागु औषध सहित २ पक्राउ

0
Shares

सुभेन्द्र दास,लहान ।

सिरहा प्रहरीले लागु औषध सहित २ जना लाई पक्राउ गरेको छ।

प्रहरीले जिल्ला सिरहा विष्णुपुर गाउँपालिका १ भोला बाबा चौक स्थित ईलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिआर ३२ आर २३३४ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा सिरहा नगरपालिका १५ बस्ने बर्ष २८ को वम शंकर कुमार यादव र सिरहा नगरपालिका १६ बस्ने बर्ष १८ को गोविन्द कुमार यादव समेतको साथबाट लागु औषध डाईलेक्स डिसी १०० मिलिको ४५ बोतल लागु औषध बरामद गरि पक्राउ गरेका छन्।

पक्राउ परेका दुवै जना लाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।