भारतबाट आयात बन्द भएपछि पर्वतको कुस्मामा ताजा तरकारी र फलफुल अभाव

0
Shares

न्युज अफ नेपाल,पर्वत।

पर्वतको कुस्माबजारमा केही दिन देखि ताजा तरकारी र फलफुलको अभाब हुन थालेको छ । कोरोनाको माहामारी फैलिरहेको बेलामामा भारत र तराईबाट आउने तरकारीमा रोक लगाएपछि तरकारी र फलफुल अभाब हुन थालेको हो। तरकारी पसल सञ्चालकहरुका अनुसार सबैभन्दा बढी गोलभेडाको अभाब भएको छ । तीन दिन देखि गोलभेडा पाउन छाडिएको मैत्रीचोकमा तरकारी पसल सञ्चालन गर्ने अनन्त गौडेलले बताउनुभयो । ‘गोलभेडा तर बजारभर नै छैन’ उहाँले भन्नुभयो ‘फलफुल पनि पाउन छाडिएको छ ।’

गाउँगाउँबाट डोकोमा तरकारी बिक्री गर्न आउने क्रम पनि पातलो भएको छ । यसले गर्दा ताजा तरकारीको अभाब देखिन थालेको हो । जिल्ला प्रशासन कार्यालयमा भएको पर्वत, बागलुङ्ग र म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र ब्यबसायी समेतको बैठकले तरकारीबाट समेत संक्रमण भित्रन सक्ने खतरालाई मध्यनजर गरेर ताजा तरकारी र फलफुल आयतमा केही समय रोक लगाउने समझारी गरेको थियो ।

पर्वतले मात्रै रोक लगाउँदा म्याग्दी र बागलुङ्गमा आयात हुने भएकाले तीनै वटै जिल्लाले साझा समझदारी गरेको बैठकमा सहभागी एक सदस्यले बताए । आन्तरिक रुपमा कृषकले उत्पादन गरेको तरकारी बिक्रीका लागि भने कुनै सवारी पासको आबश्यकता नै नपर्ने गरि सहज बनाउने निर्णय समेत भएको थियो । उक्त समझदारी पछि चार दिन यता धौलागिरी अञ्चलमा ताजा तरकारी र फलफुल भित्रीएको छैन ।

पर्वतमा यो समयमा ताजा तरकारी तयार भएर बजारमा नआउने भएकाले पनि केही अभाब भएको कृषिज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले बताउनुभयो । अबको दुई हप्तामा गाउँघरमा उत्पादित तरकारी बजारमा आउने तर दुई हप्तालाई केही असहज हुने उहाँको भनाई छ। केही ब्यबसायिक फर्ममा थोरै मात्रामा रहेको भएपनि त्यस्ता तरकारीहरु ल्याउने प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा तरकारी आपुर्तिका बारेमा छलफल भएको थियो। एक हप्ता सम्ममा पर्वतकै कृषकको तरकारी बजारमा आउने भएकाले तत्काल समस्या नहुने निष्कर्ष निकालिएको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा पनि फलफुल तत्कालका लागि आबश्यक नभएको तर तरकारीको आपुर्ति कसरी बढाउन सकिन्छ भन्ने बिषयमा गम्भीर छलफल भएको बताउनुभयो । उहाँले गोलभेडा बाहेक अन्य तरकारीको समस्या नदेखिएकाले गोलभेडाको ब्यबस्थापन एक हप्ता सम्मका लागि गर्न आबश्यक भएको बताउनुभयो ।