असिनापानीले लाखौंको हिउँदे बाली तथा तरकारीमा क्षति

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा सोमबार दिउँसो परेको असिनापानीले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । पाक्न लागेको बालीमा एक्कासी परेको असिनापानीले क्षति पु¥याएपछि किसानहरु निराश बनेका छन् । असिनापानीले हिउँदेबाली गहुँलगायत तरकारी खेती नष्ट गरेको छ । गड्याङ्गुडुङसहित परेको असिनापानीले हिउँदे बालीमा क्षति पु¥याएपछि कृषकहरु निराश भएका छन् ।

लकडाउनले सहर बजारमै खाद्यान्नको अभाव भैरहेको अवस्थामा करेसाबारीदेखि खेतबारीसम्मको सबै अन्नबाली, तरकारी खेती उठाउनै नमिल्ने गरी असिनापानीले असर गरेको स्थानीय तोपबहादुर खत्रीले गुनासो गरे । उनले भीषण वर्षासँगै परेको बाक्लो असिनापानीले गरेको क्षतिको विवरण सङ्कलन गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

असिनापानीले लाखौंको अन्नबाली नष्ट भएको छ । असिनापानीले गहुँ, केराउ, सुन्तलाजात फलफुललगायत तरकारी खेतीमा क्षति पुगेको छ । बेनी नगरपालिका–२, ज्यामरुकककोट र भकिम्ली क्षेत्रमा असिनापानीले धेरै असर गरेको बताइएको छ । ज्यारुमककोटको माथिल्लो क्षेत्रमा समेत असिनाले अन्नबाली नष्ट गरेको स्थानीयले बताएका छन् । गतवर्ष पनि ज्यामरुककोट र भकिम्ली क्षेत्रमा पोकेको धान बालीमा असिनापानीले नष्ट गरेको थियो ।