फुङलिङ नगरपालिकाद्वारा राहत कोषमा एक लाख जम्मा

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा हुने गरी आइतबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई सो रकम बराबरको चेक प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।