क्वारेन्टाइनबाट एक युवा सम्पर्क बिहिन

0
Shares

शिक्षा पन्त,लमजुङ

लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका–७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट एक युवक सम्पर्क बिहिन भएका छन् । घरमा आमा र बहिनी बिरामी छन् भन्दै चितवनबाट साइकलमा बेसीशहर आइपुगेका बेसीशहर नगरपालिका–६ का पूर्णबहादुर मिजार क्वारेन्टाइनबाट सम्पर्कबिहीन भएपछि खोजिकार्य तिब्र पारिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

मिजारलाई आइतवार उक्त क्वारेन्टाइनमा राखिए पनि सोही दिननै त्यहाँबाट भागेपछि नगर प्रहरीले खोजीकार्य तीब्र बनाएको हो । बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म उनी भेटिएका छैनन् । उक्त क्वारेन्टाइनमा सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् ।

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका हुन् । घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको वडाध्यक्ष भोज बहादुर रिमालको भनाई छ ।