२ नम्बरी पूरा नभएपछि भूटान फर्किन् उगेन


२ नम्बरी नामक अभिनय गर्न नेपाल आएकी भुटानी अभिनेत्री उगेन छोदेन कोरोना भाइरस कोभिड–१९ का कारण लकडाउन भएको केही सातापछि बल्ल स्वदेश फर्कन पाएकी छिन्। उनी २ नम्बरीमा काम गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्।

तर लकडाउनसँगै असहज परिस्थिति सिर्जना भएपछि चार्टर्ड प्mलाइटमार्फत आप्mनो देश फर्किएकी छिन्। उगेन शनिबार बिहान भुटानबाट आएको सरकारी विमानसेवा ड्रुक एयरको एटीआर विमानमार्पmत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्केकी हुन्। विमान काठमाडौंबाट बिहान ९ बजे भुटानको पारो विमानस्थल फर्केको थियो। अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारेनटाइन शुरु भइसकेको छ। त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्। उनी थिम्पुकी वासिन्दा हुन्।

दीपेन्द्र लामाको निर्देश तथा किरण नेपालीद्वारा निर्माणाधीन २ नम्बरीको गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन चलिहरहेको थियो। निर्देशक लामाका अनुसार अझै ७५ छायांकन बाँकी छ। लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्ने उनले जानकारी गराए।

लकडाउनपश्चात स्थिति सामान्य भएपछि उगेन फिल्मको बाँकी छायांकनका लागि फेरि नेपाल आउनेछिन्। फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन्। आठ भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो।

लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएको निर्देशक लामाले जानकारी गराए। उनले २ नम्बरीमा अभिनय गर्नका लागि कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन्। फिल्ममा पल शाह र वर्षा राउतको जोडी अर्को जोडी पनि मुख्य भूमिकामा छ।