बेलायतको अवस्था भयावह, एकैदिनमा ५ हजार ५२५ नयाँ संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले बिश्वको नै टाउको दुखाई बनिरहेको बेला बेलायतमा एकैदिन ५ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।आजमात्रै बेलायतमा ८ सय ८८ जनाको मृत्यु भएको छ ।

हाल सम्म बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । एक लाख १५ हजार भन्दा बढी सो संक्रमणको सिकार भएका छन । अहिले सम्म १ लाख ५६ हजार १ सय ७ जनाको मृत्यु भएको छ भने २२ लाख ७५ हजार भन्दा बढीमा संक्रमण देखा परेको छ ।

सो संक्रमणका कारण ५७ हजार भन्दा बढीको अवस्था गम्भिर रहेको छ । अहिले सम्म सबै भन्दा धेरै ३७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ लाख १० हजार २ सय ७२ जना संक्रमित भएका छन ।

त्यस्तै इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा १८ हजार ७ सय ४५ को मृत्यु भएको छ । बितेको १२ घण्टामा १ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।