रौतहटमा असिना पानीले किसानको सयौँ बिगाह मकै र तरकारी बाली नष्ट

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटमा शुक्रबार रातीको हावाहुरी र असिना पानीले पुर्याएको क्षतीले किसान मर्कामा परेका छन । रौतहटको बिभिन्न तहमा लगाइएको मकै उत्पादन हुनै लागेको बेला शुक्रबार रातीको हाबाहुरी र असिना पानीले किसानको सयौ बिगाहाको मकै लगायत अन्न र तरकारी बाली नष्ट भएको छ ।

क्षतीको यकिन तथ्याङ्गक संकलन भैनसकेपनि करोडौको क्षती भएको अनुमान गरिएको छ । उता हाबाहुरीले दर्जनौ स्थानका बिद्युतको पोल ढालिदिएपछि बिधुत आपुर्ती बन्द भएको छ । दक्षिण भेगका किसान शुक्रबार रातीदेखिनै अन्धकारमा बस्न बाध्य भएका छन । चन्द्रनिगाहपुर, बृन्दाबन फतुवाबिजयपुर, गुजरा लगायतका स्थानमा किसानले लगाएको मकै, गहु लगायतको अन्न र तरकारी बाली नष्ट भएको हो ।

किसानहरुको सयौ बिगाहाको मकै, गहु लगायतको अन्न र तरकारी बालीमा हाबाहरी र असिनाले नष्ट गरपछि आफुहरु मर्कामा परेका किसानहरुको भनाई रहेको छ । किसानको आप लाई समेत क्षती पुरयाएको भने जिल्लाका अधिकास स्थानको दलित बस्तिको घरको छाना हावाहुरीले उडाईदिएको छ ।

दुई बर्ष पछि जनता आबास कार्यक्रम मार्फत दुई कोठे घर पाएका दलितहरुको भबनमा बस्न पाएको एक महिनामा नबित्दै भत्किएको चन्द्रपुर–७ नागिनटोलका शुभ माझीले बताउनु भयो । कोरोनाको भाईरसले आक्रान्त बनाईरहेका बेला फेरी हावाहुरी र असिनापानीले रौतहटको अधिकास किसानहरु सहित अतिबिपन्न परिबारका बासिन्दा लाई उठिबास लगाएको छ । प्रहरी र जन प्रतिनिधिहरुले बस्ति र किसानको खेतको अबलोकन गरेपनि क्षतीको बिबरण भने यकिन गर्न सकेका छैनन ।

नष्ट भएको बाली र बस्ति उजाडिदा करोडौको क्षती भएको अनुमान गरिएको छ । चन्द्रपुर नगरपालिका–६ सन्तपुरका राजु पराजुलीको उत्पादन हुन लागेको ३० कटठाको मकै सखाप भएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको २६ औ दिन पुगिसक्दा समेत अति बिपन्नको घर परिबारमा राहत पुग्न नसकेको अबस्थामा आएको हावाहुरी र असिनाले पुन स्थानीय लाई नराम्री गालेको छ ।

खेती किसानी गरेर जीबिकोपार्जन गर्दै आएका किसानहरु उत्पादन हुने बेलामा प्रकृतिले समेत धोका दिएको बताउछन । प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले हावाहुरी र असिनापानीले पुरयाएको क्षतीको तत्काल तथ्याङ्गक संकलन गरी राहत बितरण गर्न देशका तीनै तहका सरकार संग अपिल गर्नु भएको छ ।