फलाखु खोलामा पुल निर्माण को काम द्रुत रूपमा अघि वढ्दै

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

रसुवा र नुवाकोट को सङगम स्थल स्थित फलाखु खोलामा पुल निर्माणको काम द्रुत रूपमा अगाडि वढेको छ।बाहिरी जिल्ला बाट आएका कामदार हरू कोरोना भाईरसका कारण आ( आफ्नो गन्तव्यमा गएपछि रोकिएको काम त्यहीँकै स्थानीय कामदारहरू ले नै पुल पुन निरन्तरता दिईरहेका छन् ।अहिले बाहिरि जिल्ला का मानिस हरू लाई काममा नराखि अत्यावश्यक सामान जुटाएपछि पुलको काम भईरहेको छ।

लकडाउन सुरू हुनु भन्दापहिले नै सामान आईपुगेको र स्थानीय कामदार भएका कारण पनि काम द्रुत गतिले अगाडि वढिरहेको बताईएको छ।

गल्छि,त्रिशुलि,स्याफ्रुवेसि,रसुवागढि सडक आयोजना प्रमुख नारायणदत्त भण्डारी का अनुसार रसुवागढि जोडने ८२ किलोमिटर लामो सडक मा एधार वटा पुल निर्माण हुनेछन।