सहायक क्याम्पस प्रमुखले नेकपा निकट बिद्यार्थीलाई मात्र राहत बितरण गरेको खुलासा

0
Shares

न्युज अफ नेपाल,कञ्चनपुर ।

कोरोना संक्रमणको समयमा समान राहत वितरण गर्नुपर्ने अवस्थामा कञ्चनपुरको एक क्याम्पसका सहायक क्याम्पस प्रमुखले आफू नेकपा निकट अनेरास्ववियुको आग्रहमा आग्रहमा सो संगठनसंग आबद्ध रहेका विदार्थीलाई मात्र राहत वितरण गरेको खुलेको छ ।

महेन्द्र नगर भीमदत्त नगरपालिका–१८ स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सो क्याम्पसका सहायक क्याम्पस प्रमुख करन सिंह महतले ८ बोरा , चामल, २ बोरा दाल र ३० पाकेत तेल उपलब्ध गराउनुभएको हो ।

क्याम्पसकै लेटर प्याड दुरुपयोग गर्दै सहायक क्याम्पस प्रमुख महतले हाम्रो गौरवशाली पार्टीको विद्यार्थी संगठनका आग्रहमा कोरोना भाइरसको कारणले समस्यामा परेका विद्यार्थीका लागि राहत उपलब्ध गराएको उल्लेख गर्नुभएको छ ।

सो घटनाको त्रिवि प्राध्यापक संघले कडा आपत्ती जनाउदै पार्टीका व्द्यिार्थी संगठनलाई मात्र राहत वितरण गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष वशन्त ढकालले विपत्तीको अवस्थामा क्याम्पसको लेटर प्याड प्रयोग गरी आफ्नो पार्टीको विद्यार्थीलाई मात्र राहत उपलब्ध गराउने काम गलत भएको आरोप लगाउनुभएको छ । उहाले सो घटनाको बारेमा त्रिविले तत्काल छानविन गर्नुपर्ने बताउनुभयो ।