लकडाउनमा रक्तदान

0
Shares

ललितपुर ।
लकडाउनको समयमा रगत अभावलाई मध्यनजर गर्दै ज्वलेन्स् बचत तथा ऋण सहकारी संस्थाले शुक्रबारले गाबहालमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।

सो कार्यक्रममा सोलुसन समाजको सहयोगमा आयोजना गरेको थियो । ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले बल्डबैकंको रगत राख्ने प्याकेट हस्तान्तरण गर्दै कार्यक्रमको शुरुआत गरिएको थियो ।

बिहान ८ः ३० देखि १०ः३० बजेसम्मको अवधिमा ४० जनाले रक्तदान गरेको संस्थाका महासचिव सुविन बज्राचार्यले जानकारी दिनुभयो ।

अहिलेको विषम परिस्थितिमा सबैले आफनो स्थानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष किरणभाई बज्रचार्यले बताउनुभयो।

कार्यक्रममा रक्तदानका लागि प्रेरित गर्दै समाजसेवी मोतिशान्ति शाक्य लगायतले पनि सहयोगी भूमिका निर्वाह गर्नुभयो ।