बाजुरामा स्वाब परिक्षण गरेका सबैको रिर्पोट नेगेटिभ


दयाराम पण्डित, बाजुरा ।

बाजुरामा स्वाब संकलन गरेका सबैको रिर्पोट नेगेटिभ आएको छ । जिल्ला बाट १ सय ४५ जनाको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ लगिएको थियो । सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुरका प्रमुख दयाकृष्ण पन्तले बताउनुुभएको छ ।

स्वाब संकलन भएका सबैको रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाएको प्रमुख पन्तले वताएका छन् । बाजुरामा स्वारेन्टाईनमा र होम क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरेर काठमाडौ लगिएको थियो । जिल्लाको तीन ठाउबाट हेलिकप्टरबाट स्वाब संकलन गरिएको थियो ।

जिल्लाको पूर्बी उत्तरी क्षेत्रको स्वामीकार्तिक खापरगाउपाललिको सुईजीउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बुढिगंगा नगरपालिकाको भानोदय माबिमा टोली पुगेर स्वाब संकलन गरिएको थियो । स्वार्मीकार्तिक खापर गाउपालिकाका ७२ जना, बुढिनन्दा नगरपालिकाका १२ जना, हिमाली गाउपालिकाका ६ जना, त्यसै गरि बडिमालिकाबाट २७ जना, गौमुलका ७ जना, त्यसै गरी बुढिगंगा नगरपालिकाबाट ८ जना, खप्तड छेडेदह गाउपालिकाका ४ जना, त्रिबेणी नगरपालिकाका ८ जना गरि १ सय ४५ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब नेपाी सेनाहेलिकप्टरबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ लगिएको थियो ।

कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बाजुरा आइपुगेको हो । स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यर्मीहरुको सहभागिता थियो । बाजुरा जिल्लाका क्वारेन्टाइनमा र होम क्वरेन्टाईनमा बसेकाहरुको यो पहिलो चरणको स्वाब संकलन गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा स्वाब संकलन गरिएको बताईएको छ । बाजुरा जिल्लाबाट आएर सम्बन्धित स्थानिय तहले बनाएको क्वारेन्टाईन र होम कवारेन्टाईन्मा १६ दिन पुगेकाहरुको स्वाब संकलन गरिएको हो । कोरोना महामारीवाट बच्न यतिवेला बाजुरा का हरेक वार्डमा साबुन माक्स र राहात स्वरुप दाल चामाल बांडीरहेका खवर प्राप्त भएका छन् ।