असली रुपमा नहनु सक्छ कान्स फिल्म फेस्टिबल


कोरोना भाइरस कोभिड १९ को असर पूरा विश्वमा देखिइरहेको समयमा यसको असर विश्व सिनेमा उद्योगमा पनि नराम्रोसँग देखिएको छ।
हलिउड, बलिउडजस्ता ठूला फिल्म उद्योग होस् या संसारका साना फिल्म उद्योग, यसको मारमा परिरहेकै छन्।

एकातिर ठुला ठुला सिनेमाको रिलिज डेट स्थगित गरिएका छन् भने अर्कोतर्फ सिनेमा क्षेत्रमा हुने गरेको ठुलाठुला कार्यक्रम पनि रद्द गरिएको अवस्था छ। यहिबीच संसारकै प्रतिष्ठित अवार्ड मानिने कान्स फिल्म फेस्टिभलबारे एक खबर बाहिरिएको छ।

गत २० मार्चमा कान्स फिल्म फेस्टिभलले बक्तव्य जारी गर्दै अवार्ड कार्यक्रमको मिति केही समयपछि सारिएको जनाएको थियो। फ्रान्समा चलिरहेको लक डाउनका कारण यस्को मिति सारिए पनि कहिले हुने बारे चाहिँ भनिएको थिएन। कान्स फिल्म फेस्टिभल १२ मेमा नै हुनुपर्ने थियो।

तर यसलाई जुन या जुलाईमा हुने भनिए पनि कुन तारिखमा हुने तोकिएको छैन। आयोजकका अनुसार फ्रन्सका रास्ट्रपति इमेनुयल म्याक्रोले साँँस्कृतिक कार्यक्रमको आयोजना जुलाईभन्दा अघि गर्न नसकिने भन्ने भनाई आएकोले आफूहरुसंग कुनै विकल्प नभएको बताइएको छ।

नयाँ वक्तव्यमा आयोजकले भनेका छन् ‘अब हामीलाई कान्स फिल्म फेस्टिभल यसको असली रूपमा नै आयोजना होला भन्ने अनुमान लगाउन मुस्किल परेको छ।’ आयोजकका अनुसार कान्स फिल्म फेस्टिभल २०२० आयोजनाको लागि यसको टिमले सबै उपायहरुलाई विचार गरिरहेको छ।