प्रारम्भले दियो धुलिखेल, बनेपा र पनौतिका लागि ४२ सेट पिपिई

0
Shares

भगवती तिमल्सिना,काभ्रे।

प्रारम्भ नेपाल नामक गैरसकारी संस्थाले धुलिखेल अस्पताललाई बुधबार २५ थान पिपिई सेट उपलब्ध गराएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजु लगायतको चिकित्सक समूहको उपस्थितिमा प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री, प्रेस काउन्सीलका सदस्य तथा पत्रकार ईश्वरी ओझा, नेपाल शिक्षक संघका अध्यक्ष राजेशराज महतले डा.कोजूलाई २५ थान पीपीइ सेट हस्तान्तरण गरेको थियो ।

बुधबारै प्रारम्भले बनेपा स्थित शिर मेमोरियल अस्पतालका लागि प्रशासकीय प्रमुख सुर्यप्रभा शाक्यलाई ५ सेट र बनेपा अस्पतालका लागि जीतेन्द्रराज कायस्थ लाई २ सेट पीपीई हस्तान्तरण गरेको थियो ।

यसैगरी पनौती नगरभित्रका १० स्थानमा रहेका स्वास्थ्य केन्द्रलाइ एक एक थान पिपिई र फस्टएड किट पनौति नगरपालिकाका उप प्रमुख गीता बन्जारालाइ हस्तान्तरण गरेको थियो । बनेपाका लागि समाज बिधान जोशी र पनौतिका लागि पत्रकार मधुसुधन गुरागाईले समन्वय गर्नुभएको प्रारम्भका संस्थापक बद्रीराज तिमल्सिनाले जानकारी गराउनुभयो ।