खोटाङमा गोरु काटेको अभियोगमा एक जना पक्राउ

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमामा गोरु काटिरहेको अवस्थामा ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका हुन् ।

मंगलबार साँझ गोरु काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोद कुमार खेरवारले जानकारी दिनुभयो ।
तामाङसँगै १३ वर्षीय एक वालक पनि संलग्न रहेकोले उनलाई छोडिएको खेरवारले जानकारी दिनुभयो । गोरु काट्ने कार्यमा अन्य पनि संलग्न रहेको प्रहरीले जनाएका छन् । अन्य भने फरार भएकोले उनीहरुको खोजी कार्य भइरहेको वताईएको छ ।