अछामको ढकारी गाउँपालिकाका ३४ जनाको र्‍यापिड टेष्ट सम्पन्न ,सबैको रिर्पोट नेगेटिभ

0
Shares

धर्मेन्द्र बिसी, अछाम ।

अछामको ढकारी गाउँपालिकाका ३४ जनामा गरिएको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ । उनीहरु मध्ये धेरै जसो भारतबाट आएकाहरु र केही काठमाडौँ र धनगढीबाट आएकाहरु हुन् ।

बुधबार ढकारीस्थित गुरुकुल माबिमा गरिएको परिक्षणमा ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढाले पनि उक्त परिक्षण गराउनु भएको छ । गाउँपालिकाका जनतालाई सुरक्षित राख्न गाउँ टोलमा गएर सुझाव सल्लाह दिँदा आफुलाई पनि जोखिम हुने भएकाले उक्त परिक्षण गराएकोे अध्यक्ष बुढाले बताउनु भएको छ ।

विभिन्न नाका हुँदै पैदल मार्फत धेरै मानिसहरु गाउँ आएपछि उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन गाउँमै स्वास्थ्यकर्मीको टोली बोलाएर ¥यापिड डाइग्नोष्टिक र मलेरियाको परिक्षण गरिएको उहाँले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाको नेतृत्वमा खटिएको टोेलीमा जिल्ला अस्पताल मंगलसेन र हिच्मा स्वास्थ्य चौकिका ल्याब असिस्टेन्टले पालै पालो उनीहरुको रगत परिक्षण गरेर १५ मिनेट भित्रै कसैमा पनि कोरोना संक्रमणको लक्षण नभेटिएको रिर्पोट दिनु भएको थियो ।

स्वास्थ्य कार्यालय अछामका अनुसार यस अघि कार्यालयमा स्टक रहेका १८० किटहरु प्रयोग गरेर ¥यापिड टेस्ट थालिएको हो । साथै आजै पन्चदेवल बिनायक नगरपालिकामा गरेको परिक्षणमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस अघि तुर्माखाद गाउपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा ४८ जनाको रिपोर्ट नेगेटिभ आएको र क्रमशः अन्य स्थानीय तहहरुमा पनि ¥यापिड डाइग्नोष्टिक र मलेरियाको परिक्षण गर्ने योजनाका साथ स्वास्थ्यकर्मीको टोली खटिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले बताउनु भयो । त्यसका लागि थप दुई सय ५० किट मगाइएको उहाँले बताउनु भयो ।