खोटाङमा १ सय २० जनाको कोरोना -यापिड टेष्ट गरिँदै

0
Shares

रामधन राई,खोटाङ।

बैदेशिक रोजगारबाट फर्किएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए/नभएको पहिचान गर्न ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) सुरु गरिँदै छ। विभिन्न देशबाट घर फर्किएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि बुधबारदेखि सम्वन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो ।

प्रदेश सरकारले १ सय २० वटा किट पठाएपछि हप्ता दिनभित्रै चैत्र महिना यता विदेशबाट फर्किएका १ सय २० जना व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको छ । बैसाख ५ गतेसम्ममा बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका रिटर्नीको ¥यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

¥यापिड डाइग्नोस्टिक टेष्टकालागि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली
जन्तेढुंगा गाउँपालिकातर्फ प्रस्थान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटिको बैठकले बैसाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैसाख ७ केपीलासगढी गाउँपालिकामा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका छ ।

यस्तै, बैशाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैसाख ९ गते साकेला गाउँपालिकामा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका रहेको छ ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत्र लागे
यता विदेशबाट एक जना मात्र फर्केको तथ्यांक छ ।

चैत्रअघि घर फर्किएका र काठ्माण्डौंबाट घर फर्किएका व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुन परीक्षण किट माग गरिएको प्रजिअ पौडेलले जवनाउनुभयो । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १ सय ४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तीको मात्र ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् ।