कोरोनाको आशंकामा कालिकोटमा १०१ जनाको -यापिड टेष्ट, सबैको रिपोट नेगेटिभ

0
Shares

कालीबहादुर मल्ल,कालीकोट ।

जिल्लाका विभिन्न स्थानीय तहमा वनाइएका क्वारेन्टाइनमा वसेका १०१ जना व्यक्तिहरुको-यापीड डाइगोनिष्ट टेष्ट (आरडिटी) गरिएको छ । बुधबारसम्म खाँडाचक्र नगरपालिका र सान्नित्रिवेणी गाउँपालिका १ सय १ जनाको आरडिटी गर्दा सवैको रिपोर्ट नेगेटि पाइएको स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले वाताउनु भएको हो ।

कालिकोटमा एक जना महिला सहित ९५ जना भारतबाट, एक जना कतारवाट, एक जना दुवैवाट, र चार जना बागलुङवाट अएका गरि जम्मा १ सय १ जनाको-यापीड टेष्ट गरिएको छ ।

उहाँका अनुसरा खाँडाचक्र नपामा ६० जना र सान्नीत्रिवेणी गाउँपालिकामा ४१ जनाको आरडिटी गरिएको छ । भारत लगाएत अन्य देशवाट कालिकोटमा आएका सवैको आरडिटी गरने छ ।

जिल्लाका नौवटा स्थानीय तहमा २ सय ९ जना क्वारेनटाइनमा वसेकोमा १ सय ७२ जना घर फकका छन भने ३७ जना हाल क्वारेनटाइनमा रहेका छन् । यस्तै आठ जनाको स्वाब परिक्षण गरिएकोमा सवैको रिपार्ट नेगेटिभ आएको छ ।

नेपाल सरकारले ७७ वटै जिल्लामा किटमार्फत कोरोना संक्रमणको संका भएका नागरिकहरु वा विदेशवाट फर्किएका र उनिहरुको परिवारमा कोरोना संक्रमण रहे नरहेको पत्ता लगाउन ¥यापिड टेष्ट सुरु गरेको छ ।