राहत चेकमा ट्रम्पको नाम

0
Shares

वासिंगटन,एजेन्सी ।

केरोना भाइरसको सन्त्रासको कारण आर्थिक समस्या भोगिरहेका लाखौं अमेरिकी जनतालाई पठाइने पेपर चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम छापिने भएको छ । संघिय सरकारको दस्तावेजमा अमेरिकी राष्ट्रपतिको नाम राखिन लागेको इतिहासमै यो पहिलो पटक हो ।

अमेरिकाको अर्थ मन्त्रालयका अधिकारीहरुले यस नौलो निर्णयको कारण चेक वितरण कार्यमा ढिलाई हुने कुरा अस्विकार गरेका छन् । एक हजार सात सय डलरको चेक सात करोड अमेरिकी जनतालाई राहत स्वरुप पठाइन लागेको हो ।

गत महिनामात्र करिव १ करोड ६० लाख अमेरिकाले रोजगार गुमाएका थिए । गत मार्चमा अमेरिकी कंग्रेसले अनुमोदित २ खर्व डलर आर्थिक राहत प्याकेज कार्यक्रम अनुसार नै यो चेक वितरण नीति अघि सारिएको हो ।