घर घरमा पुगेर र्यापिड टेष्ट गर्दै स्वास्थ्य टोली


विमल विष्ट, डोटी

सुदूरपश्चिम प्रदेशममा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको संक्रमण भए नभएको बारे जाँच गर्न शुरू गरेको छ ।

सुदूरपश्चिममा अहिलेसम्म ४ जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भएको छ । शुक्रबारदेखि टोलीले यहाँका नौवटै स्थानीयतहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने ¥यापिड टेस्ट शुरु गर्न थालेको हो ।

अहिलेसम्म ¥यापिड टेस्ट गरिएका २ सय ३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्यहबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले घरघरमा गएर र्यापिड टेस्ट गर्न शुरु गरेका छौं, टेस्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।’

क्वारेन्टाइनमा रहेका तर स्वाब संकलनमा नसमेटिएका १ सय ९१ पुरुष र २२ जना महिला गरी २ सय १३ जनामा रगतबाट गरिने र्यापिड टेस्ट (आरडीटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडीटी गरिएको हो ।

जसमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी सय जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै शनिबारदेखि होम क्वारेन्टाइनमा बसेकाहरूको समेत र्यापिड टेस्ट (आरडीटी) परीक्षण शुरू भएको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताउनुभयो ।
यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग लकडाउन हुनुभन्दा पहिले भारतबाट आएकाहरूको तथ्यांक माग्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उता सुदूरपश्चिम प्रदेशकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेस्टमा २ सय ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले र्यापिड टेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो । जिल्ला स्वाथ्य कार्यालयले सबै स्थानीयतहका लागि आलग अलग स्वास्थ्यकर्मीको टोली बनाएर ¥यापिड टेस्टका लागि पठाएको छ ।

र्यापिड टेस्ट रगत जाँचबाट गर्ने हुँदा नतिजासमेत चाँडै आउने गर्दछ । त्यस्तै जिल्लाका नौवटा स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । उनीहरूको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । स्वाब संकलन गरिएको रिपोर्ट नेगेटिभ आओस् भन्दै जिल्लाबासी कामना गरिरहेका छन् ।

भारतका विभिन्न शहरबाट काम गरी घर फर्किई क्वारेन्टाइनमा राखिएकाहरूको स्वाब संकलन गरिएको हो । क्वारेन्टाइनमा राखिएकाहरूको बुधबार मात्रै नमुना अर्थात् स्वाब संकलन गर्न गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरूको स्वाब संकलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली डोटी आइपुगेको थियोे । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाब संकलन गरेको छ ।

उक्त गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाब संकलन भएको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकामा दुई जना सुरक्षाकर्मीसहित ७६ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका ६ ठाउँमा स्वाब संकलन गरिएको थियो । जिल्लाका नौ स्थानीयतहमध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुड्सिल गाउँपालिकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बीपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परीक्षण संकलन केन्द्र तोकिएको थियो ।

स्वाब संकलन गरिएकाहरूको रिपोर्ट तीनदेखि चार दिनभित्रमा आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भारतबाट काम गरी फर्किएका दुई युवामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि अहिले यहाँका सबै प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय सरकारले लकडाउनमा थप कडाइ गर्नुका साथै आवतजावतमा पूर्ण बन्देज गरेको छ ।