स्वाब परीक्षण गरिएका २०७ जनाकै रिपोर्ट नेगेटिभ

0
Shares

मिला दरै,तनहुँ।

विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण फैलिएसँगै विदेशबाट आउनुभएका तनहुँका २०७ जनाको स्वाब परीक्षण गरिएको छ । जिल्लाका ७ वटा स्थानीय तहले सोमबारसम्म गरेको ¥यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी)बाट सबैको रिपोर्ट नेगेटिभ आएको हो । विदेशबाट आउनुभएका जिल्लाका ७ सय २५ मध्ये २ सय ७ जनाको आडिटी गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

१ सय ७५ पुरुष र ३२ महिला गरी २ सय ७ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अधिकारीले बताउनुभयो । भानु नगरपालिका ४१, व्यास नगरपालिकाको १७, म्याग्देको ३८, शुक्लागण्डकीको ३४, भिमादको ३२, देवघाटको ३२, बन्दीपुरको ८ र आँबुखैरेनी गाउँपालिकाको ५ जनाको आरडिटी गरिएको अधिकारीले बताउनुभयो ।

‘घिरिङ र ऋषिङ गाउँपालिका विकट भएकाले सामग्री सोमबार साँझ मात्रै पुगेकाले आरडिटी सुरुवात गरिएको छैन,’ उहाँले भन्नुभयो । मंगलबारबाट भने विकट स्थानीय तहमा समेत परीक्षण सुरु गरिने अधिकारीले बताउनुभयो । पहिलो चरणमा विदेशबाट आउनुभएका व्यक्तिको मात्र आरडिटी गरिनेछ । जिल्लामा ६ सय ४२ आरडिटी किट ल्याइएको छ ।

१४ दिन कटेका तर २१ दिन भित्रका विदेशबाट आउनुभएका व्यक्तिहरुलाई मात्र अहिले ¥यापिड टेष्ट गरिने तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो । ‘पहिलो चरणमा विदेशबाट आउनुभएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ, ज्वरो, रुघाखोकी जस्ता कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा सर्वसाधारणको परीक्षण गरिनेछ,’ प्रजिअ अधिकारीले भन्नुहुन्छ, ‘जिल्लाका विदेशबाट आउनुभएकामा समेत रिपोर्ट नेगेटिभ आइरहेको अवस्था छ, तर स्थानीयवासी सचेत भएर लकडाउ

नको पालना गरेमा भने सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ, सबैले लकडाउनको पालना गरौ, घरमै बसौं, आफू बाँचौं र अरुलाई पनि बचाऔं ।’
जिल्लामा आरडिटी किट आवश्यक परेमा अझै ल्याइने प्रजिअ अधिकारीले बताउनुभयो ।

कोभिड १९ को संक्रमण नफैलिदासम्म जिल्लामा उपकरण भने पर्याप्त भएको उहाँले दावी गर्नुभएको छ । पिपिई खरिद गर्ने प्रक्रियामा रहेपनि नेपालमा बनेको पिपिई गुणस्तरीय नभएकाले केही समय लाग्ने उहाँको भनाई छ । हालसम्म गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले जिल्ला सुरक्षित रहेको आभाष अनुभूत गराएको छ ।

हालसम्म ३ जनाको जिल्ला अस्पतालमा स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जना आफैं पोखरा र काठमाडौं गएर परीक्षण गरेका थिए । स्वाब परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा चैत्र १ गते यता ७२० जना विदेशबाट फर्किनुभएको छ । तीमध्ये देवघाट गाउँपालिका स्थित धर्मार्थ अस्पतालले निर्माण गरेको क्वारेन्टाइनमा एक जना मात्रै बस्नुभएको छ भने बाँकी ७२४ जना सुरक्षित तवरबाट होम क्वारेन्टाइनमै रहनुभएको छ ।

जिल्लाको १० वटै स्थानीय तहमा गरी २३ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् भने ११ वटा थर्मल गन, १७६ बेडको क्वारेन्टाइन, ५ स्थानीय तहमा ४२ बेडको आइसोलेसन, ५६ वटा स्वास्थ्य सहायता कक्षका साथै १८५ थान पीपीईको व्यवस्था गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।