बैंकर तथा गीतकार शेरचनको ‘सुनौलो बिहानी फर्किने छ’ सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बैंकर तथा गीतकार अशोक शेरचनले सुनौलो बिहानी फर्किने छ बोलको गीत सार्वजनिक गरेका छन् ।

शेरचनले गीतमार्फत कोरोना भाइरसविरुद्ध नआत्तिएर एकजुट भई लड्न आह्वान गरेका छन् । बुढासुब्बा म्युजिकले सार्वजनिक गरेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा आधिकारीको स्वर छ । शैलेन्द्र प्रधानले एरेन्ज गरेको गीतमा अलिश कार्की र प्रमोद निर्वानको संगीत रहेको छ ।

नितिन चन्दको निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार शेरचनसहित कृष्टिना गुरुङ, पल शाह, प्रदीप खड्का, सन्तोष सेनसहित गायक र गायिकालाई देख्न सकिन्छ ।

गीतकार शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) समेत हुन् ।