रसुवामा भालुको आक्रमणबाट एक जना घाइते

0
Shares

सरस्वती न्यौपाने,रसुवा

जिल्लाको गोसाईँकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङका एक जना बाख्रा चराउने क्रममा भालुकोे आक्रमणबाट गम्भीर घाइते भएका छन्।

नागुङका ४२ बर्षीय सार्की घलेलाई आज दिउँसो करिब २ वजेतिर जङ्गलमा बाख्रा चराउने क्रममा भालुले एक्कासी आक्रमण गर्दा टाउकोमा ढाड खुट्टामा चोट वनाएको छ भने धेरै चोट टाउकोमा रहेकोले जिल्ला अस्पताल धुन्चेमा ल्याईएको थियो ।

घाउ जटिल देखिएपछि विरामीलाई काठमाडौ पठाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो।