कोरोना त्रास : विदेशबाट आएका सबैको आरडिटी टेस्ट गरिने

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

संक्रामक रोग कोभिड १९ भए नभएको पत्ता लगाउ पूर्वी नवलपरासीमा विदेशबाट आएका सबैको आईतबारबाट आरडिटी टेस्ट सुरु गरिएको छ ।पछिल्लो समय विभिन्न देशबाट जिल्ला भित्रिएका ८ सय ६० जना मध्ये पहिलो दिन ६२ जनाको आरडिटी जांच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

रेपिड डाईगोस्टिक टेस्टका लागि गैडाकोट नगरपालिकाबाट ४ जना, देवचुली नगरपालिकाबाट १५ जना , कावासोती नगरपालिकाबाट १० जना र हुप्सेकोट गाउ पालिकाबाट ३३ जनालाई सहभागी गराइएको थियो ।

आठ स्थानीय तह रहेको यस जिल्लामा नगरहरु गैडाकोटमा ८३, देवचुलीमा १ सय २७, कावासोतीमा २ सय ३१ र मध्यविन्दुमा १ सय १७ जना हालै बिदेशबाट आएकाछन् ।यसरी नै गाउंपालिकामा विदेशबाट आउनेहरु बुलिड.टारमा १ सय ३०, विनयी त्रिवेणीमा ८१, हुप्सेकोटमा ७२ र बौंदिकालीमा ५९ जना रहेकाछन् ।

जिल्लामा ४ सय ९२ थान आरडिटी किट आईपुगेकोले सवै स्थानीय निकायलाई ति किट वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताउनु भयो ।चापागाईका अनुसार जिल्लालाई प्राप्त आरडिटी किटले विदेशबाट आएको १४ दिन पुगेका र २१ दिन ननाघेका सवैमा टेस्ट गरिने छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्रोतले दिएको तथ्यांकमा आफ्ना विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाच गराउन आउनेको संख्या आईतबार ७ सय ७६ रहेकोमा ७० जनामा मात्र ज्वरो देखिएको छ ।

यस अघि विदेशबाट आएका १८ र परिवारका २ गरी २० जनाको कोभिड १९ नमूना स्वाव परिक्षणमा सवैको नेगेटिभ नतिजा आएको थियो ।
पूर्वी नवलपरासीका विभिन्न स्थानमा गरी २४ आईसोलेशन तथा ७२४ क्वारेन्टाईन बेड बनेकोछ । जसमा हाल सम्म ८२ जना क्वारेन्टाईमा बसी ६२ जना घर फर्किएकाछन् ।