घरमै नयाँ वर्ष मनाउन सिडियो गुरागाईँको आग्रह

0
Shares

सुभेन्द्र दास,लहान।

नयाँ वर्षमा मेला, घुमफिर तथा जमघट गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी सिडियो सरोज कुमार गुरागाइले सर्वसाधारणलाई घरबाटै नयाँ वर्ष–२०७७ मनाउन आग्रह गरेको छ ।

सम्भावित कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । यस्तो विषम परिस्थितिमा नया वर्ष मनाउन घर वाहिर ननिस्कन सुचना मार्फत सचेत गराएको सिडियो सरोज कुमार गुरागाइले बताए ।

प्रशासनको अनुरोध विपरित क्रियाकलाप गरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनको चेतावनी छ । यसअघिका नयाँ वर्षमा सलहेश फुलबारी मेला , पतारि मेला लगायत जिल्ला सिरहाका विभिन्न ग्रामिण इलाका मेला तथा महोत्सवको आयोजना हुदै आएको थियो ।