सीताराम अधिकारी,धादिङ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बेनिघाटरोराङ गाउँपालिका–६ का असंगठित क्षेत्रका मजदुर र अति विपन्न परिवारका ज्यालामजदुरी गर्ने १ सय ४० जनालाई ०७६ चैत ३० गते राहत वितरण गरिएको छ ।हिजो ८० जनालाई राहत दिइएको थियो ।
छुट्टा छुट्टै मानिसलाई दिनुपर्ने र भिडभाड गर्न नपाइने भएकोले राहत वितरणमा ढिलाई भएको हो ।कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले बन्दा बन्दी(लकडाउन) गरेपछि गरिएको स्थानका मजदुरहरु भोकै परेका कारण उनिहरुलाई खाद्यान्न सामाग्री सहयोग गरिएको वडाअध्यक्ष देबकृष्ण आलेले बताउनु भएको छ ।

अनौपचारिक इन्सेकको पहलमा वडा कार्यालय र मानवी क्रियटिभ एसोसिएसनको सहयोगमा राहत सामाग्री वितरण गरिएको थियो ।लसम्म सिद्धलेकमा २ परिवारलाई, धुनीबेसीमा ६ सय ३४ परिवार, बेनिघाटरोराङमा १ हजार १ सय ९७ परिवार र गंगाजमुनामा १ हजार २४ परिवार र त्रिपुरासुन्दरी गाउँपालिकामा ४ सय ४९ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्षहरुले टेलिफोनबाट जानाकारी दिनुभयो ।
सिद्धलेक गाउँपालिकाले ३६ लाख ४० हजारको राहत कोष निर्माण गरेको छ । यो रकम कोरोना भाइरसको महामारी परेमा खर्च गर्ने गरि बनाइएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।











प्रतिक्रिया