गोदावरीमा ५० जनाको स्वाब परिक्षण, नतिजा नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

ललितपुरको गोदावरीमा विदेशबाट आएका र त्यस्ता व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षण गरेको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार ¥यापिड टेस्ट विधिबाट परिक्षण गरेको हो । विदेशबाट आएका १४दिन नाघेका ३० दिन भित्रका ५० जना मानिसहरुको स्वास्थ्य परिक्षण गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले जानकारी दिनुभयो ।

उहाँले परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो । ‘विदेशबाट आएका र उसको सम्पर्कमा पुगेका नगरबासीलाई परिक्षणका लागि डाकेका थियौँ। करिब ५० जनाको परिक्षण भयो ।

ती सबैको रिजल्ट कोभिड–१९ नेगेटिभ आएको छ ।’, उहाँले भन्नुभयो । जसमध्य २९ जना पुरुष र २१ जना महिला रहेको जनाईएको । जसमा १९ महिनाको बालकको पनि स्वाब लिईएको नगरले नजाएको छ ।

नगरले बज्रबारही विद्यालय र सिद्धेश्वर आधारभुत विद्यालयमा स्वाब परिक्षण गरेको थियो । स्वाब लिईएका मलेसिया, अष्ट्रेलिया, लण्डन, बंगलादेश, भारत, सिंगापुर लगायतका मुलुकबाट फर्केका थिए । उनीहरुलाई नियमित रुपमा नगर र वडा स्तरीय समितिले प्रत्यक्ष निगरानीमा राखेको नगरका स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।

उनीहरु सबै सामाजिक दुरी कायम राख्दै सेल्फ क्वारेन्टिनमा रहेको उहाँले दाबी छ । उनीहरु सबै सामान्य अबस्थामा रहेको समेत उहाँले बताउनुभयो । नगरले एक सूचना जारी गर्दै विदेशबाट आएका १४ दिन नाघेका ३० दिन भित्रका मानिसलाई परिक्षणका लागि डाकिएको थियो ।

नगरले ७३ जना मानिसहरु विभिन्न मुलुकबाट नगरमा फर्केका मानिसहरुको पहिचान गरेको थियो। आइतबारको परिक्षणमा थप दुई जना विदेशबाट फर्केका मानिसले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य शाखाका उपप्रमुख केशब खड्काले जानकारी दिनुभयो ।