चेम्बर अफ कर्मस रसुवाद्वारा धुन्चे बजारमा मास्क र सावुन वितरण

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

जिल्लाको गोसाईँकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा चेम्बर अफ कर्मसले बजार क्षेत्रमा मास्क,सावुन र पायक पर्ने स्थानहरुमा
बाल्टिन राखेको छ।

चेम्बरका अध्यक्ष सन्जिव अमात्यका अनुसार वडा नम्बर ६ कार्यालयको समन्वयमा अध्यक्ष लगाएत चेम्बरका प्रमोद कुमार तितुङ,प्रशुन राज गुरूङले बजार हाता पायक पर्ने ठाउँ हरूमा वाल्टिन सावुन राखि घर घरमा मास्क र सावुन वितरण गरिएको हो ।