उपप्रमुखको ब्यक्तिगत खर्चमा धुुलिखेलभित्र सुत्केरीलाई अण्डा र घिउ,बच्चालाई कपडा

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

रोना संक्रमणको रोकथामका लागि गरिएको लकडाउनले सुत्केरी महिलाहरुको स्वास्थ्यमा प्रभाव पर्न सक्ने भन्दै धुलिखेल नगरपालिका भित्र रहेका ४२ दिन भित्रका सुत्केरी महिलाहरुका लागि उपप्रमुख विमला शर्माले अण्डा, घिउ र नगरपालिकाको तर्फबाट बच्चाहरुका लागि एक जोर कपडा उपलब्ध गराईएको छ ।

नगरपालिका भित्र उक्त अवधि भित्रका ३२ जना सुत्केरी महिलाहरु रहेको तथ्याङ्क स्वास्थ्य शाखाले उपलब्ध गराए पछि नगर उपप्रमुख विमला शर्माले आफ्नै खर्चमा सुत्केरी महिलाहरुका लागि एक क्रेट अण्डा, एक माना घिउ उपलब्ध गराउनु भएको हो ।

‘उहाँहरुकै मतले निर्वाचित भएँ, उहाँहरुका लागि संकटमा केहि सहयोग गरौ र शरिरलाई स्फुर्ति बनाउन थोरै सहयोग उपलब्ध गराउने निर्णय गरेको हुँ’–उपप्रमुख शर्माले भन्नु भयो–‘१२ वटै वडामा रहेका ४२ दिन भित्रका सुत्केरी महिलाहरुका लागि यो सहयोग उपलब्ध हुनेछ  ।’ नगर भित्रका १२ वटा वडामा ३२ महिलाहरु सुत्केरी रहेको स्वास्थ्य शाखाका सरोज थापाले बताउनु भयो ।

महिलाहरुलाई घिउ र अण्डा उपलब्ध गराएसँग नगरपालिकाको तर्फबाट एक जोर कपडा उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । उपप्रमुख विमला शर्माले वडा नम्वर १ देविटार, वडा नम्वर २ ओपीका सुत्केरी महिलाहरुका लागि आईतबार नै उक्त सामाग्री उपलब्ध गराउनु भएको छ ।