कोरोना भाईरसको नमूना परीक्षण अब विराटनगरबाटै

0
Shares

सरोज यादव,विराटनगर ।

कोरोना भाईरस ( कोभिड १९) को शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाकटै गरिने भएको छ । कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परिक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परिक्षणका लागि आवस्यक तयारी गरिएको प्रदेश नंं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

परिक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु आज हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘संभवत भोलीदेखि परिक्षणको तयारी गरिएको छ ।’

कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । सुनसरीको धरानबाट दैनिक करिव २० जनाको सम्म नमूना संकलन भईरहेको उहाँले बताउनुभयो । नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परिक्षण शुरु गर्न लागिएको सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेश नं. १ का १४ जिल्लाबाट नमूना संकलन गरि धरान र विराटनगरमा परिक्षण गरिने छ ।’ विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताउनुभयो ।

यसैवीच भोलीदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ । भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परिक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।