कतारबाट फर्केका एक जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

0
Shares

मिला दरै,तनहुँ ।

कतारबाट फागुन २८ गते घर फर्किनुभएका तनहुँका एक जनाको स्वाब परीक्षण गराउदा रिपोर्ट नेगेटिभ आएको छ । ज्वरो आउदै ठिक हुने र फेरि ज्वरो आउने गरेकाले थ्रोट स्वाब परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।

कोभिड १९ को संक्रमणको आशंकामा चैत्र २४ गते उहाँको स्वाब लिएर गण्डकी प्रदेश स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

भानु नगरपालिकाका एक जनालाई ज्वरो आएर बिरामी परेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट नेगेटिभ आएको भट्टराईले बताउनुभयो । उहाँका अनुसार कतारबाट आएका व्यक्तिलाई ज्वरो आएर ठिक भएपछि पुनः ज्वरो आएकाले स्वाब परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको हो ।

उहाँको परिवारलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको भट्टराईले बताउनुभयो । हालसम्म जिल्लामा एक जनाको मात्रै थ्रोट स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोभिड १९ फैलिएसँगै विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने भनिएको छ । तर तनहुँका धेरैजसो विदेशबाट फर्किएका नागरिकहरु होम क्वारेन्टाइनमा रहेका छन् ।