स्वाव परीक्षणमा बाबु छोराको नेगेटिभ नतिजा

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

कोभिड नाईन्टिन संक्रमणको आशंकामा जिल्ला अस्पतालको आईसोलेशनमा रहेका बाबु छोराको स्वाव परीक्षण गर्दा नेगेटिभ नतिजा आएको छ । भारतको उत्तराखण्डबाट चैत ९ गते घर आएका हुप्सेकोट ६ का २० वर्षीय युवा होम क्वारेन्टाईनमा बस्दा एक्कासी पखाला चलेर ज्वरो आए पछि २३ गते जिल्ला अस्पताल भर्ना भएका थिए ।

अस्पतालले छोरालाई भर्ना गर्न ल्याउने ५६ वर्षिय बाबु र विरामी छोरालाई अस्पतालकै आईसोलेसनमा राखेर दुवैको स्वाब परीक्षणका लागि भरतपुर पठाएको थियो । स्वावको पिसिआर प्रविधिबाट परीक्षणहुदा बाबु छोरा दुबैको कोभिड १९ नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा.पुश्कर पौडेलले बताउनु भयो ।

बुधबार परीक्षण नतिजा नेगेटिभ आएसंगै अस्पतालले आईसोलेसनमा रहेका बाबुको अवस्था सामान्य रहेकोले डिस्चार्ज गरिदिएको छ ।
छोरामा अन्य स्वास्थ्य समस्या पनि देखिएकाले आइसोलेसनबाट जनरल वार्डमा सारेर उपचार भई रहेको मध्यविन्दु जिल्ला अस्पताल पूर्वी नवलपरासीले जनाएको छ ।

हुप्सेकोट गांउ पालिकामा विभिन्न देशबाट आएका ७१ जना होम क्वारेन्टाइनमा बसेकाछन् । पूर्वी नवलपरासीमा विभिन्न समयमा गरी २० जनाको स्वाव परीक्षणको लागि पठाईएकोमा सवै नतिजा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
घनश्याम बगाले । नवलपरासी