लमजुङमा २ सय ६७ जनाको ज्वरो परिक्षण

स्वाब परिक्षणका लागि पठाइएका ९ जनाको रिपोर्ट नेगेटिभ

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा कोरोना भाइरस सम्बन्धी क्युआरटीबाट उपलब्ध तथ्याँक अनुसार बुधबारसम्म २ सय ६७ जनाको फिभर परिक्षण भएको छ । जिल्ला सामूदायिक अस्पतालमा चैत्र १४ गतेदेखि फिभर क्लिनिक सञ्चालनमा आएको थियो भने सुन्दरवजारको नमूना सामूदायिक अस्पताल र दुधपोखरीको गौडा प्राथमिक स्वास्थ्य केन्द्रमा चैत १७ गतेबाट क्लिनिक सञ्चालनमा आएको हो ।

बुधवार मात्र जिल्ला सामुदायिक अस्पतालमा २७, नमुना सामुदायिकमा ३ र गौडा प्राथामिक स्वास्थ्य केन्द्रमा ११ जनाको ज्वरो परिक्षण भएको छ । नोबेल कोरोना भाइरस संक्रमण सम्भावितको चेकजाँचका लागि जिल्लाका तिन स्थानमा फिवर क्लिनिक सञ्चालनमा आएका हुन् ।

ज्वरो, आउने, रुघा लाग्नेजस्ता लक्षण देखिएर कोरोनाको शंकामा जाँचका लागि आएका विरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरिएको स्वास्थ्य सँस्थाहरुले जनाएका छन् । जिल्ला सामूदायिक अस्पतालमा सञ्चालित फिभर क्लिनिकबाट १ सय ४५ जनाले परिक्षण सेवा लिएका छन् ।

सुन्दरवजारस्थित नमूना सामूदायिक अस्पतालमा ११ जना र दुधपोखरी गाउँपालिकास्थित गौडा प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ११ जनाको फिभर परिक्षण भएको छ । त्यस्तै लमजुङबाट स्वाब परिक्षणका लागि पठाइएका नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाबाट हालसम्म पठाईएका १५ जनामध्ये ९ जनाको नमूना स्वाब परिक्षणको नजिता नेगेटिभ आएको हो । धादिङका कोरना भाइरस संक्रमित व्यक्तिसँगै विमानमा आएका लमजुङका ६ जना मध्ये सम्पर्कमा आएका तिनजनाको स्वाव परिक्षणका गर्दा कोभिड–१९ भाईरस नरहेको पाइएको हो ।