‘पैसा थुप्रनु पर्ने घर्रामा चेकको थुप्रो’,वित्तिय सेवा दैनीक तीन घण्टा

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकहरुको वित्तिय सेवालाई प्रभावकारी बनाउन बैक तथा वित्तिय क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरु र उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग अन्र्तक्रिया गरेको छ । भेलाले बैक र वित्तिय क्षेत्रलाई काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुपाल्चोकमा रहेका सबै बैक संचालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकमा उद्योगी ब्यवसायीहरुले ब्यवसायीहरुका चेक थुप्रीएको गुनासो गरेका छन् । ‘ब्यवसायीहरुको घरमा पैसाको थुप्रो हुनु पर्नेमा चेक थुप्रिएका छन्’–काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले भन्नुभयो–‘यस्तो बेला नगद भनेका छैनौ, उद्यारो दिएर पुरानो भुक्तानीका लागि आएका चेकहरु पनि बैकहरु बन्द भएकाले चेक साट्न पाएका छैनौं ।

धुलिखेल उद्योग बाणिज्य संघका उपाध्यक्ष राजिवप्रकाश खोँजुले बैकहरु बन्द हुँदा ब्यवसायीलाई समस्या परेको बताउनु भयो । होलसेल ब्यवसायीहरु तथा उद्योग संचालकहरुले यस्तो अवस्थामा पैसा भुक्तानी नभई सामान लोड नगरिदिने भएकाले बैक नखुल्दा समस्या भएकाले बैकहरुले सहजीकरण गरी ब्यवसायीहरुको समस्या समाधान गरिदिनु पर्नेमा जोड दिनु भएको थियो ।

ग्लोबल आईएमई बैकका एकराज बर्ताैलाले ब्यवसायीहरुले भने जस्तो समस्या नभएको बताउनु भएको छ । ‘हामी चेक साट्न आउनु भयो भने जुनसुकै बेला तयार छौं’–उहाँले भन्नुभयो–‘मोवाईलमा सम्पर्क गरेर बैक खोलिदिनुस भन्नु भयो भने पनि हामीले सेवा उपलब्ध गराउँछौं ।

पहिले जस्तो एउटा बैकबाट मात्रै कारोवार गर्नु पर्छ भन्ने नभएकाले जिल्लामा रहेका विभिन्न क्षेत्रका बैकहरु मार्फत सेवा लिन अनुरोध गर्दर्छाै ।’ बैकहरुले दिने सेवामा अर्काे बैक हुने वित्तिक्कै कुनै खालको थप रकम तिर्नु नपर्ने भएकाले सेवाग्रहीहरुले आवश्यक परेको अवस्थामा बैकहरुमा सम्पर्क गरेर आउँदा सेवा उपलब्ध गराउने बताउनु भयो ।

भेलाले चैत्र २७ गते देखि ३० गतेसम्म विहान ११ बजेदेखि १ बजेसम्म र बैशाख १ गते देखि आपसी सहमतिमा बैकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । जिल्लामा रहेको विभिन्न बैकहरुबाट प्रवन्धकहरु सहभागि भएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले आपुर्ति ब्यवस्थापन कमिटीको बैठकमा ब्यवसायीहरुले बैकका कारण आपुर्ति ब्यवस्थापनमा कठिनाई भएको बताए पछि बैक तथा वित्तिय सेवाका प्रमुखहरुसँग अन्र्तक्रिया गरिएको जानकारी दिनु भयो ।

भेलामा जिल्लामा दुई महिनासम्मका लागि खाद्यान्न मौज्जाद रहेकाले जिल्लाबासीहरुलाई नआत्तिन र अत्यावश्यक बस्तुहरुको सहज आयात र निर्यात भएकाले ढुक्क रहि लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।