दर्जन पिपिई विपद् ब्यवस्थापन समितिलाई

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्लामा रही विभिन्न पेशा र ब्यवसायमा संलग्न तीन युवाले मुलुमा भएको विपत्तिमा नागरिकको हैसियतले क्षमता अनुसारको अत्यावश्यक सामाग्री पिपिई उपलब्ध गराउनु भएको छ । तीन युवाले १२ थान पिपिई उपलब्ध गराउनु भएको विपद ब्यवस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो ।

विमा क्षेत्रका एजेन्सीहरुको विश्वब्यापी महासंघ (एमडीआरटी) का नेपाल सदस्य एवं युनियन लाईफ इन्स्योरेन्सका सुमन भुजेल, होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य एवं भिआईपी थकाली रेस्टुरेन्टका प्रोपाईटर कृष्ण श्रेष्ठ र भिआईपी रेष्टुरेन्ट बनेपाका प्रोपाईटर प्रकाश श्रेष्ठले ब्यक्तिगत खर्चमा विपद ब्यवस्थापन समिति काभ्रेपलाञ्चोका लागि १० थान र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना र महासंघ काभ्रेका कार्यसमिति सदस्य देवराज केसीलाई एक/एक थान पिपिई उपलब्ध गराउनु भएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षासँगै निरन्तर समाचार संकलनका लागि अस्पताल लगायतका विभिन्न स्थानहरुमा पुग्दा सुरक्षाका लागि हस्तान्तरण गरिएका दुई थान पिपिई अध्यक्ष तिमल्सिना र सदस्य केसीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत जिल्ला विपद ब्यवस्थापन समितिमा हस्तान्तरण गरिदिनु भएको छ ।

उहाँहरुले पत्रकारहरु भन्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी महामारी नियन्त्रणका लागि पहिले उभिनु पर्ने भएकाले पत्रकारहरुका लागि भन्दा विपद ब्यवस्थापन समितिका लागि आवश्यक ठानेर हस्तान्तरण गरिएको बताउनु भएको छ ।

भुजेल र श्रेष्ठद्वयले विषम परिस्थितीमा ब्यवसाय भन्दा माथी रहेर ब्यक्तिगत रुपमा सहयोग गरेको उल्लेख गर्नु भयो । विपद ब्यवस्थापन समिति मार्फत परिचालन हुने गरी क्वारेन्टाईनका लागि खाद्यान्न उपलब्ध गराउने गरी तयारी गरिएको भुजेलले जानकारी दिनु भयो ।