कोरोना त्रास : खिजीदेम्बामा बैकल्पिक डाक्टरको ब्यवस्था

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

खिजीदेम्बा गाउँपालिकाले सम्पुर्ण खिजीदेम्बागाउँ पालिका बासीहरुको कोरोना भाईरस (कोभित १९) को बारेमा जानकारी गराउनकालागी बैकल्पिक डक्टरको ब्यावस्था गरेको छ । खिजीदेम्बागाउँ कार्यपालिकाको यहि चैत्र २६ गते बसेको बैठकले उत्त निर्णय गरेको हो ।

गाउँपालिकाले नागरिकहरुका जिज्ञासा सम्बोधनकालागी इपिडिइ मोलोजी माहाशाखा टेकुका डा. हेमन्त ओझालाई जिम्मेवारी तोकेको गाउँपालिका अध्यक्ष बेद बहादुर रोकाले बताए ।

खिजीदेम्बाका नागरिकहरु संग टेलिफोन संवादको आधारमा कोरोना भाईरस रोगसंग सम्बन्धित उपचार रोकथामका परामर्श दिईने खिजीदेम्बा स्वास्थ्य प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए ।

परामर्शका लागी खिजीदेम्बा बासीले डक्टरको निजी नम्बर ९८४९३६१५९३ मा दैनिक बेलुका ५ बजे देखि ७ बजे सम्म फोन सम्पर्क गर्नु पर्ने खिजीदेम्बागाउँ पालिकाले जनाएको छ ।

गाउँपालिकाले कोरोना संग सम्बन्धित परामर्श बाहेक अन्य रोगका बारेमा जानकारी लिन डक्टरसंग सम्पर्क नर्गन खिजीदेम्बा बासीसंग अनुरोध समेत गरेको छ ।