विष्ट मेडिकलद्वारा पत्रकारलाई सेनिटाइजर वितरण

0
Shares

कालीबहादुर मल्ल,कालीकोट ।

नोभेल कोरोना भाइरवाट वच्नका लागि विष्ट मेडिकल हलले कालीकोट जिल्लाका पत्रकार सुरक्षाकर्मी र संचारकर्मीलाई मास्क, ग्लोप्स, सेनेट्राईजर वितरण गरेको छ । पत्रकारहरुको कोठा,घर तथा रेडियोहरुमा पुगेर र कुनैलाई मेडिकलमै बोलाएर मेडिकलका सञ्चालक तुलाराम विष्टले सेनेट्राईजर, मास्क, ग्लोप्स वितरण गर्नु भएको हो ।

उहाँले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्याल, प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीया लगाएतका सुक्षकर्मी र पत्रकारहरुलाई सुरक्षा समाग्री हस्तान्तरण गर्नुभएको छ । विष्ट मेडिकल हलका संचालक तुलाराम विष्टले कालीकोटमा सुरक्षा निकाएले कोरोनाको महामारीमा जनताको सेवा लागि रहेका बेला आफुले सानो सहयोग मात्र गरेको वताउनुभयो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु, प्रमुख जिल्ला अधिकारी डिएसपी लागएले आफुले अहिलेसम्म सेनेट्राईजर नपाएकाले सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो ।विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड (१९)लाई रोकथाम गर्नका तुलाराम विष्टले आफ्नै लगानीमा सुरक्षाकर्मी र संचारकर्मीलाई मास्क, ग्लोप्स, सेनेट्राईजर वितरण गरेका हुन् ।

उहाले अहिले कोरोना भाईरसबाट विश्वनै आतंकित भइरहेका बेला कालीकोटमा रहेका सुरक्षाकर्मी र संचारकर्मीले नागरिकलाई सुरक्षाका साथसाथै सूचना सम्प्रेषण गरिरहेको बेला पनि उनीहरुसंग सेनेट्राईज समेत नभएकाले आफुले वितरण गरेको बताउनु भयो ।

उनले कालीकोट ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, ताडि प्रहरी विट र कालीकोटमा संचालित ५ ओटै एफएममा गएर सामाग्री वितरण गर्नुभएको छ ।