स्वास्थ्यकर्मी बाब्लीले बाँडे ५ सय ९८ परिवारलाई नि:शुल्क सिटामोल

28
Shares

विष्णु रैगाईँ,अछाम ।

अछाममा एक निजी मेडिकलका स्वास्थ्यकर्मीले वडाभरीका ५ सय ९८ परिवारलाई नि:शुल्क सिटामोल वितरण गरेका छन् । नेपाल कम्युनिष्ट पाटी (नेकपा) साँफेबगर-१३ बाब्ला वडा कमिटी र एक निजी मेडिकलका स्वास्थ्यकर्मीले संयुक्त रुपमा वडाका ५ सय ९८ घरधुरीमा प्रतिपरिवार १ चक्की साबुन र सिटामोल बितरण गरेका हुन् ।

नेकपा वडा कमिटि अध्यक्ष भरत बाब्ली र स्वास्थ्यकर्मी(एचए)जयेन्द्र बाब्लीको सक्रियतामा उक्त सामाग्री वितरण गरिएको हो ।नेकपा वडा कमिटीले साबुन वितरण गरेपनि प्रतिपरिवार ५ ओटा सिटामोल भने स्वास्थ्यकर्मी बाब्लीले एक्लैले व्यक्तिगत सहयोग गरेको बताए ।

कोरोना भाईरस अर्थात् कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै यतिबेला विश्व नै त्रसित बनिरहेका बेला नेपालमा पनि चैत्र ११ गते देखि सरकारले लक डाउन जारी गरेका छ । यस्तैमा नेकपा वडा कमिटी र स्वास्थ्यकर्मीबीच फोन मार्फत् समन्वय गरी वडामा स्वास्थ्य सामाग्री वितरण गरेको स्वास्थ्यकर्मी बाब्लीले बताए ।

यसैबीच बैठकले नेकपा वडा कमिटी सचिव लोकेन्द्र बिष्टको संयोजकत्वमा विपद राहत कोष समिती पनि गठन गरेको छ । कोषमा उपचार सहजताका लागि तारा कुवँरले ५ हजार, पदम बटालाले ३ हजार सहयोग रकम प्रदान गरेका अध्यक्ष बाब्लीले बताए ।

 लकडाउन अवधिभर सिल्कास्थित पाटी सम्पर्क कार्यालयमा राहत कोषका लागि रकम जम्मा गर्न सकिने पनि अध्यक्ष बाब्लीले जानकारी दिए । सम्पर्क कार्यालय लकडाउन अवधिभर खुल्ला रहने र वडाबासीलाई खाद्यान्न लगायत कुनै समस्या परे नेकपा वडा कमिटीको टीम सहयोगका लागि  तयारी अवस्थामा राखिएको वडा कमिटी अध्यक्ष बाब्लीले जानकारी दिए ।