लहान नगरपालिकाको आजबाट राहात बितरण कार्य शुरु

0
Shares

सुभेन्द्र दास,लहान ।

बिश्वब्यापी रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण प्रत्यक्ष मारमा परेका बिपन्न गरिब र ज्यालादारी गरिखाने नागरिकलाई लहान नगरपालिकाले आजबाट राहात प्रदान गर्नेभएको छ ।

लहान नगरपालिकाले एक करोड रुपैया बराबरको राहात कोष खडा गरी बिपन्न बर्गलाई आजबाट राहात बितरण गर्दैछ । लहान नगरपालिकाकाले नेपाल सरकारले जारी गरेको निर्दे्शिका अनुसारको राहात प्याकेज बितरण आज दिउसासे मेयर मुनीशाहले वडा नंमबर २४ बाट बितरणको थालनी गर्नु हुने छ ।

नगरपालिकाको २४ वटै वडामा वडा कार्यलयको समन्वयमा प्रति परिवार १५ सय रुपैया बराबरको राहात प्रदान गर्ने लहान नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खेम नन्द भुसालले जानकारी दिनु भएको छ ।
लहान नगरपालिका भित्र बसोबास गर्ने मुसहर, चमार, पासवान डोम लगायतका पाँच समुदायका नागरिकलाई चामल २० केजीदाल १ केजी,नुन १ केजी, खानेतेल १ ली, आलु ४ केजी, साबुन नुहाउने १ वटा, साबुन धुने १ वटा नगद २ रुपैया प्रदान गर्ने तयारी नगरपालिकाले गर्ने भएको छ ।

नगरपालिकाले आजबाट वडा नं २४ का ६८१ परिवारबाट रहात बितरणको काम शुरु गर्ने लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुसालले जानकारी दिनु भएको छ ।नगरपालिकाले बिबाद रहित बनाउन राहात बितरणाई पारदर्षि गर्ने नीति लिएको छ ।

जसका लागि नगरपालिकाले प्रदान गरेको राहात प्राप्त गर्ने हरुको नामावली नगरपालिकाको वेबसाईटमा प्रकाशन गर्ने प्रमुख प्रशासकिय अधिकृत भुसालले जानकारी दिनु भयो ।