नक्कली स्यानेटाइजर बिक्री गर्ने पक्राऊ


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कार्याकल्प आर्युबेद फर्माले नक्कली स्यानेटाईजर बिक्री गरेको पाईएपछि प्रहरीले फर्माका संचालक चाँगुनारायण नगरपालिका ३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राऊ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानेटाइजर बिक्री गरेको सूचनाको आधारमा औषधि ब्यवस्था बिभाग बबरमहलका बरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले ओझालाई पक्राउ गरेको हो ।

फर्माको छापामारी खानतलासी गर्दा टोली सहित नक्कली स्यानेटाइजर बिक्री गरेको पाईएपछि पक्राऊ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संबेदनशिल अवस्थामा उपभोक्ताहरुको जीवनसंग खेलबाड गर्दै बिभागले निर्धारण गरेको मापदण्ड विपरितको नक्कली औषधि बिक्री गरेको पाईएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरि अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।