कालीगण्डकीमा डुवेर बेपत्ता


नवलपरासी ।

जिल्लाको उत्तरमा बग्ने कालिगण्डकी नदीमा डुवेर मंगलबार एक युवक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाए अनुसार नदीमा डुवी बेपत्ता हुनेमा बौदीकाली १ मिथुकरमका १८ वर्षीय युवक हिमाल चितौरे सार्की रहेका छन् ।

चितौरे बेलुका ५ वजेको समयमा बुलिड.टार ६ घुमौरी पुलमुनी पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका हुन्

नदीमा बेपत्ता चितौरेको खोज तलास जारी राखी घटनाबारे अनुसन्धान भईरहेको पूर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खांणले बताउनु भयो ।