गरिबलाई राहत वितरण गर्दा फोटो नखिचाउने वालिङ नगरपालिकाको घोषणा


भूपराज बस्याल स्याङ्जा

कोभिड १९ कोरोना भाईरसको रोकथामको लागि सरकारले लकडाउन गरेपछि गरिबलाई समस्या परेको छ । गरिबलाई समस्या परेको भन्दै एक केजी चामल र दाल राहात स्वरुप दिदा समेत पाचँ दश जनाले कन्या दान दिएझै छोएर फोटो खिचाउने र सामाजिक सञ्जालमा राख्ने गरेको छन ।

उनिहरुले राखेको फोटोमा आलोचनात्मक कमेन्ट आईरहेको बेला स्याङजाको वालिङ नगरपालिकाले भने राहात बितरण गर्दा कसैसंग पनि फोटो नखिचाउने बताएको छ ।

 

नगरले राहात वितरण गर्दा फोटो खिचाएर सामाजिक संजालमा नराख्ने वालिङ नगरपालिका नगरप्रमुख दिलिप प्रताप खाणले बताउनु भयो । उहाँले फोटो खिचाएर राहात नबाड्न सबै वडाले प्रतिबद्धता गरिसकेको भन्दै राहात कुप्पन सिस्टम बाँट बाडिने जानकारी दिनु भयो ।

नगरभित्र रहेका अति गरिब पहिचान गरी वडाले नाम नगरलाई उपलब्ध गराए पछि कुप्पन दिने र सोही अनुसार उनिहरुले पसलबाट सामान लैजान सक्ने छन ।

नगरले राहत बाड्नको लागि वालिङ उद्योग बाणिज्य संघसंग पनि समन्वय गरेर अगाडी बढेको नगरप्रमुख खाणले बताउनु भयो ।
वालिङ नगरले स्थापना गरेको कोभिड १९ राहत कोषमा विभिन्न संघ संस्था र व्याक्तिहरुको सहयोगबाट अहिले सम्म करिब १३ लाख जम्मा भएको छ ।