सर्वोदय सेवा आश्रमलाई पचास हजार भन्दा बढीको सहयोग

0
Shares

शिक्षा पन्त,लमजुङ ।

राइनास नगरपालिका–८ मा रहेको सर्वोदय सेवाआश्रमलाई राइनास नगरपालिकाले खाद्य सामाग्रि सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुक लकडाउन भएसँगै आश्रममा आश्रित जेष्ठ नागरिकको दैनिकी सहज बनाउन नगरपालिकाले पचासहजार भन्दा बढीको खाद्य सामाग्रि सहयोग गरेको नगरप्रमुख सिहं बहादुर थापाले बताउनुभयो ।

विभिन्न व्यक्ति तथा संघसस्थाको सहयोग र मुठिदानको भरमा सञ्चालन हुदैआएको सर्वोदय सेवाआश्रमलाई राइनास नगरपालिकाले आवश्यक खाद्यसामाग्रि सहयोग गरेको हो ।

मुलक लकडाउन भएसँगै आश्रममा देखिएको समस्यालाई मध्यजनर गर्दै नगरपालिकाबाट सहयोग प्राप्त भएकोमा ठूलो राहत मिलेको सर्वोदय सेवाआश्रमका अध्यक्ष ओलिया बताउनुहुन्छ ।

आश्रमलाई चामल, दाल, गुडागुडि, आलु, ग्यास, चिनि, चियापत्ति, मसला, नुन तेल, साबुन लागायतका खाद्य सामाग्रि र सरसफाईका सामाग्रि प्रदान गरेको हो । उक्त आश्रममा ५ जना बृद्ध र १० जना बृद्धा गरी १५ जना जेष्ठ नागरीक आश्रीत रहेका छन् ।