ईश्वरराज ढकाल, काठमाडौँ ।
कोरोना नियन्त्रण स्वाथ्य सामग्री खरिदमा सरकारलाई झुक्याउन मुख्य भूमिका खेल्ने ओम्नी ग्रुपले निजी मेडिकल सप्लायर्सको अतिआवश्यक मेडिकल सामग्री ल्याउन नदिन भित्री भूमिका खेलेको खुलेको छ ।
गुणस्तरहीन सामग्री ल्याएपछि करोडौं रुपियाँ घोटाला भएको आशंकामा विवादमा परेपछि सरकारले धरौटी जफत गरेको ओम्नी ग्रुपले चीनको ग्वान्जाओ विमानस्थलमा रोकिएको करिब ४० टन सामग्री ल्याउन अवरोध गरिरहेको छ ।
विशेषगरी सरकारको हरेक तहका सबै निकायसंँग पहुँच पु¥याउन सफल ओम्नी ग्रुपले पछिल्लो पटक निजी सप्लायर्सले ल्याउने तयारीमा गरेको सामग्री ग्वान्जाओमै अलपत्र पारेको छ । नेपालमा कोरोना संक्रमणको संख्या बढेसंँगै सरकारले तत्काल सामग्री ल्याउने विषयमा सरकारले निजी सप्लायरसँंग कुराकानी गरिरहेको छ । तर सो समूहले विभिन्न निकायसंँग भेट गरी आफैले पुनः सामग्री ल्याउने तर अन्य कम्पनीलाई दिन नहुने भन्दै हिडेकोउच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार करिब १८ जना निजी सप्लायर्सले सबै प्रकृया पुरा गरी कोरोना परीक्षण गर्ने पिपिइ, थर्मल गन, किटलगायत सामग्री ल्याउन खोज्दा सरकारले जहाजसमेत भाडामा दिन इन्कार गरिरहेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिव केदारबहादुर अधिकारीले यस्तो अवस्थामा जहाज भाडामा लिने विषयमा पत्र आएको विषय आफूलाई जानकारी नभएको बताउनुभयो । उहांँले भन्नुभयो–पत्र प्राप्त भएको भए उच्च प्राथमिकतामा राखेर सामग्री ल्याउन दिने थियौं तर हालसम्म पत्रको बारेमा कुनै जानकारी भएको छैन ।
जहाज भाडमामा दिन आग्रह गर्दै चार दिन अघि नेपाल वायुसेवा निगमलाई पत्र पठाएको निजी सप्लायर्ससको संस्था केरसारनले जहाज भाडामा दिन आग्रह गर्दै पठाएको पत्रको हालसम्म कुनै जवाफ दिएको छैन ।
हामीलाई सामग्री ल्याउन दिए अतिकम कमिसन लिएर देशलाई संकटमुक्त गराउन चाहन्छौ, तर सरकारले सामग्री ल्याउनै स्वीकृत दिएकै छैन– एक सप्लायले नेपाल समाचारपत्रसंग भने । उनकाअनुसार सामाग्री ल्याउन जहाज भाडामा नदिन भूमिका खेल्ने काम ओम्नी ग्रूपेका युवराज शर्मा, अध्यक्ष तुलहरिसिंह भ्ुषाल र आफूलाई सो ग्रुपको प्रवक्ताको रुपमा परिचय दिने शर्माका जेठान रवीन्द्र श्रेष्ठ रहेका छन् ।
यसअघि निजी व्यावसायीले चीनबाट सामग्री ल्याउने तयारी गर्दा सरकार आफैले ओम्नी ग्रुपलाई दिएर विवादित भएपछि अहिले निजी व्यावसायीकै सल्लाह खोजिरहेको छ ।











प्रतिक्रिया