न्युयोर्कका मोक्तान संक्रमण मुक्त


अमेरिकाको न्युयोर्कमा रहँदै आएका चित्रकार, फोटोग्राफर तथा छायांकार शम्भु मोक्तान कोरोना भाइरस संक्रमण कोभिड–१९ वाट मुक्त भएका छन्। संक्रमणमुक्त भई निवास फर्केका मोक्तानले संक्रमणको समयमा आफूलाई ३०/४० प्रतिशत मर्छु जस्तो लागेको बताएको अमेरिकाबाट सञ्चालित अलनाइन पत्रिका नेप्लीज डट कमले जनाएको छ।

 

नेप्लीज डट कमका अनुसार वासिङ्गटन डिसीस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमण विषयमा समुदायको निम्ति आयोजना गरेको टेली कन्फरेन्स कलमा मोक्तानले उक्त कुरा बताएका हुन्। मोक्तानले संक्षेपमा आप्mनो कहानी सुनाउँदै नेपाली समुदायलाई नआत्तिन तर श्वासप्रश्वासमा समस्या आए ढिलो नगरी परीक्षण र उपचारमा जान सुझाएका थिए।

 

उनले आफूलाई कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको तर ८÷९ दिनपछि श्वासप्रश्वासमा समस्या भएको बताए। उनले आकस्मिक कक्षमा भर्ना भएपछि कोभिड–१९ को जाँच र पहिलो पटक नाकबाट नमुना निकालेको बताए। मोक्तानले उपचारमा क्रममा आफूलाई भिटामिन सी, भिटामिन बी र शरीर दुखेका कारण दुखाइ निको हुने औषधी दिइएको बताए।