कोरोना कहर : विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन

0
Shares

विजय नेपाली,पोखरा ।

विश्व अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो क्रममा छ । कोरोनाको भयावहले हरेक मानिस त्रसित भएका छन । विश्व महामारीको रुपमा फैलिएको कोरोनाले विश्वमा मच्चाएको विन्डबाट छुटकारा र विश्व शान्तिको कामना गर्दै पोखरामा दिप प्रज्वलन गरिएको छ ।

सरकारले लक डाउनको घोषणा गरेको खण्डमा पोखरा ३ नदिपुरका वासिन्दापे भने आ( आफ्नो घरमा दिप प्रज्वलन गरि विश्व शान्तिको कामना गरेका हुन । नदिपुर ज्ञानमार्ग टोलका स्थानियले कोरोनाको प्रभावले परेको देशमा शान्ती र भाइरसको कारण मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन ।

ू बाहिर निस्कने अवस्था छैन , हामी घरमै बसेर पनि विश्व शान्तीको कामना गरेका छौ, हामी कोरोनाको भयबाट मुक्त हुदै मानसिक रुपमा बलियो भएर घरमै बसे कोरोनाबाट बच्न सक्छौू स्थानीय राजु हुसेनले भने । यस्तो बेलामा कोहिपनी बाहिर ननिस्कन र स्थानिय बासीहरुलाई घरमै बस्न समेत अनुरोध गरे ।