अनाथ बालबालकिालाई स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग

0
Shares

शिक्षा पन्त,लमजुङ।

सदरमुकाम स्थीत बेसीशहर नगरपालिका–८ मा रहेको आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकालाई लमजुङ उद्योग वाणिज्य संघले खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१९ का कारण देशभर लकडाउनबाट बालगृहमा परेको प्रभावलाई मध्यनजर गर्दै लमजुङ उद्योग वाणिज्य संघले खाद्यान्न सहित मास्क र सेनिटाईजर प्रदान गरेको हो ।

आदर्श महिला तथा बालविकास केन्द्रद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिका र कर्मचारीहरुको लागि दुईबोरा चामल, एक कार्टुन तेल, पाँचकिलो आलु, चार किलो दाल, चार किलो चना, चार किलो केराउ लगायतका खाद्य सामाग्री प्रदान गरिएको लमजुङ उद्योग वाणिज्य संघ अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो ।

कोराना भाइसरको संक्रमणबाट बच्न संघले प्रशासन, प्रहरी लगायतलाई माक्स, पञ्जा तथा सेनीटाईजर उपलव्ध गराएको छ । संघले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयलाई मास्क र सेनिटाईजर वितरण गरेको हो ।

कोरोना भाईरस संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मी सँगै सुरक्षा निकाय पनि त्यतिनै खटिनु परेको भन्दै उनिहरुको लागि सँस्थाले सक्दो सहयोग गरेको लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष थापाको भनाई छ । संघले सडक डिउटीमा रहेका प्रहरीहरुलाई निशुल्क पानी समेत वितरण गरेको संघले जनाएको छ ।