सूचना प्रविधिमा क्षति पुर्याएमा तीन वर्ष कैद र दुई लाख जरिवाना

0
Shares

काठमाडाैँ, (नेस)।

कसैले कम्युटर वा सूचना प्रविधिमा क्षति पुर्याएमा दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

 

विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४६ मा भनिएको छ– ‘कुनै व्यक्तिले कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पुर्याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पुर्याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महह्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा वा कसैलाई त्यस्तो काम गर्न लगाएमा निजलाई दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

 

साइवर अपराध विज्ञ अधिवक्ता दीपकराज जोशीले अर्काको कम्प्युटरमा छिरेर बदनियत तवरबाट डाटा मेटाउने कार्य देखिएको उल्लेख गर्दै त्यस्तोमा सम्बन्धित पक्षलाई सजाय हुन सक्ने देखिएको उल्लेख गर्नुभयो ।

 

अधिवक्ता जोशीले यदि गलत समाचार प्रकाशित गरेको भए अदालत जान कानुनी बाटो खुला भएको अवस्थामा डाटा नै ह्याक गर्नु सीधै अपराध गरेको देखिएको नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो ।