आकस्मिक रक्तदान घरदैलोमा


न्युज अफ नेपाल , काठमाडौ ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले नेरेसो, काठमाडौं तथा भक्तपुर रक्तसञ्चार सेवाहरुको प्राविधिक सहयोगमा आकस्मिकरूपमा रक्तदाता रहेको स्थानमा गई रक्त संकलन कार्य शुरु गरेको छ ।
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउनको अवस्थामा रहेको कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएको कारण उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी एशोसिएशनले आकस्मिकरूपमा रक्तदाता रहेको स्थानमा गई रक्त संकलन कार्य शुरु गरेको हो ।

यहि मिति २०७६ चैत्र १४ गतेबाट शुरु भएको सो संकलनबाट चैत्र १९ गतेसम्ममा निम्नानुसार रगत संकलन भएको जानकारी दिएको छ ।

भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा

२०७६/१२/१४ गते कीर्तिपुरमा ११ युनिट

२०७६/१२/१५ गते लाजिम्पाट ३ र सो¥हखुट्टेमा २२ गरी २५ युनिट

२०७६/१२/१६ गते कोटेश्वरमा २८ युनिट

२०७६/१२/१७ गते ठमेलमा ६ युनिट, पद्मा कोलोनी, सितापाइलामा २३ युनिट, लाजिम्पाटमा ४ युनिट, डल्लु, चागलमा १५ युनिट गरी ४६ युनिट

२०७६/१२/१८ गते लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खसिबुँको आयोजनामा खुसिबुँमा ३५ र ढल्कुमा ११ गरी ४६ युनिट तथा ललितपुरको हरिसिद्धिमा १२ र बालकुमारीमा १४ गरी २६ युनिट

२०७६/१२/१९ गते झ्वाःबहालमा १३ युनिट, ज्याठामा १३ युनिट, ठिमिमा १९ युनिट र कोटेश्वरमा ३२ युनिट गरी ७७ युनिट संकलन भैसकेको छ भने

केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा २०७६/१२/१५ गते लगनखेलमा १२, सातदोबाटोमा ७ र पुल्चोकमा १ गरी २० युनिट

२०७६/१२/१६ गते कोटेश्वरमा २८ युनिट र कीर्तिपुरमा ३४ युनिट गरी ६२ युनिट

हरिसिद्धिमा ९ युनिट रगत संकलन भएको जनाएको छ ।
त्यस्तै २०७६/१२/१८ गते कमलाक्षी युवा समुहको आयोजनामा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

यस कार्यबाट रगत आवश्यक पर्ने विरामीको लागि केहि मात्रामा भएपनि रगत व्यवस्थापन गर्न सहज हुने विश्वासका साथ यस कार्यमा सहयोग पु¥याउनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरू, रक्त सकंलन टोली एवं अन्य सहयोगी महानुभावहरूमा ब्लोदानले हार्दिक धन्यवाद सहित आभार प्रकट गरेको छ ।

सो कार्यक्रमलाई निरन्तरता दिंदै उपत्यकाका विभिन्न स्थानमा कार्यक्रम गर्दै जाने पनि ब्लोदानले जनाएको छ ।

साथै रक्तदान गर्न योग्य महानुभावहरूलाई पनि निम्न उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

सम्पर्कको लागि नाम र नम्बरहरू :

अनिलरत्न तुलाधर, काठमाडौ – ९८५१०२६६४०
ज्ञानुराजा महर्जन, कीर्तिपुर – ९८५१०२३४१३
रूकेश रन्जित, भक्तपुर – ९८४१३३४४७०
केशब महर्जन, ललितपुर – ९८५१०७००७८
साधुराम महर्जन, ललितपुर – ९८५१०८५८१२
मदन श्रेष्ठ, गोदावरी, ललितपुर – ९८५१०००२१९

त्यस्तै कम्तिमा ३ हप्ता अगाडि विदेशबाट आउनु भएका महानुभावहरूले रक्तदान नगर्नुहुन पनि अनुरोध गरिएको छ ।