न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल प्रेस युनियनले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेज ल्याउन माग गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्यामा परेका राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको हो।
लकडाउन अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको खाँचो रहेको युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।
उक्त विज्ञप्तीमार्फत राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाइएकाे छ।











प्रतिक्रिया